भट्टराईको नाम एक नम्बरमा सिफारिस

दमौली न्युज
  • ख-
  • ख+

दमौली: कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईको नाम पहिलो नम्बरमा राखेर तनहुँ कांग्रेसले तनहुँ १ को उप निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।


पार्टी सभापति जितप्रकाश आलेको सभापतित्वमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले क्षेत्रीय समितिबाट आएको सिफारिसका आधारमा उम्मेदवारको नाम प्रदेश समितिमा पठाइएको जिल्ला सचिव लक्षमीभक्त खनालले जानकारी दिए ।


१२ जनाले उम्मेदवारीमा आकांक्षा देखाएका थिए ।
अब प्रदेश समितिले केन्द्रीय समितिमा नाम सिफारिस गर्नेछ । वैशाख १० गते हुने चुनावका लागि कांग्रेस शीर्ष नेतृत्वबीच भट्टराईलाई टिकट दिने विषयमा सहमति भइसकेको छ । बैठकले चैत्र १८ गते जिल्लाका ८५ वटै वडामा वडा सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी