खानेपानी ट्यांकीमा भेटिएको शव पोखरा – ३३ बाग्माराकी ४२ बर्षीया शान्ति श्रेष्ठ रहेको अनुमान

दमौली न्युज
  • ख-
  • ख+

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा रहेको खानेपानीको ट्यांकीमा भेटिएको शवको पहिचान नजिक प्रहरी पुगेको छ । प्रहरी निरिक्षक भानु शर्माका अनुसार उक्त शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ बर्षीया शान्ति श्रेष्ठको रहेको अनुमान गरिएको छ ।

श्रेष्ठ गत फागुन महिना देखि नै घरबाट हराएको भनि उनका आफन्तले कास्की प्रहरीमा निबेदन दिएका रहेछन्’ त्यसको आधारमा अआफन्तलाइ खबर भएको प्रहरीले जनाएको छ । मनहरी क्षेत्रका १३८ घरधुरीमा वितरण गरिएको धाराबाट आएको पानीमा दुई दिन अघिबाट गन्ध आएपछि उपभोक्ताहरुले समितिमा जानकारी गराए सँगै पानी ट्याङ्किमा गई हेर्दा आइतबार बिहान सव भेटिएको थियो ।

‘दुई/तीन दिन अगाडि देखि उपभोक्ताहरू बाट पानी गन्हायो भनि गुनासो आएकाे र बिहान ट्यांकीको ढकन खोलेर हेर्दा शव देखि प्रहरीलाई खबर गरेको उपभोक्ता समितिले जनाएको छ । शवको प्रकृति हेर्दा संकाश्पद रहेको प्रहरीले जनाएको छ । शवलाई पोेष्टमार्टमको लागि दमौली अस्पतालमा ल्याइएको र घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी