
दमौलीः व्यास नगरपालिकामा एकै दिन ३२ जनामा संक्रमण देखिएको छ । यो जिल्लामा कुनै पनि तहमा एकै दिन देखिएको सर्वाधिक संक्रमण हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा व्यासमा सर्वाधिक धेरै संक्रमित भेटिएका हुन् ।
संक्रमितमा दमौलीका अधिक छन् । दमौलीको प्रभु बैंकमा कार्यरत व्यास २ का ३ पुरुष र १ महिला, व्यास १ र ४ का १।१ महिला तथा व्यास १ का १ पुरुष गरी ८ जना प्रभु बैंकमा कार्यरत छन् ।
यसैगरी माछापुछ्रे बैंकमा कार्यरत व्यास २ का २८ वर्षका पुरुष र लक्ष्मी बैंकमा कार्यरत अर्का एक जनामा संक्रमण भेटिएको हो । व्यास नगरपालिकाका आईटी अफिसर २६ वर्षका पुरुषमा पनि संक्रमण भेटिएको छ ।
यस बाहेक दमौलीको जिल्ला प्रहरी कार्यालयका प्रहरी थुनुवा, दमौली अस्पतालका कर्मचारी आदिमा पनि संक्रमण भेटिएको छ ।
केही व्यक्ति क्वारेन्टिनमा छन् भने धेरै कन्टक्ट ट्रेसिङका छन् ।