व्यास २ द्वारा वडा बासिलाइ कम्पोस्ट बिन बितरण

दमौली न्युज
  • ख-
  • ख+

दमौली : व्यास नगरपालिका वडा नं २ ले वडा भित्रका आफ्ना बासिन्दालाई कम्पोस्ट बिन बितरण गरेको छ । घर भित्रको फोहोर घर भित्रै कुहाएर गमला र कौशी खेतीमा प्रयोग गर्न सकियोस् भनी कम्पोस्ट बिन बितरण गरिएको वडा अध्यक्ष काशीराम श्रेष्ठले बताए । वडा भित्रका १७ वटा टोलका ४ सय ७५ जना लाई कम्पोस्ट बिन बितरण गरिएको श्रेष्ठले बताए ।

गतसाल पनि ४ सय ७५ वटै कम्पोस्ट बिन बितरण गरेका थियौं , यसले कुहिने फोहोर घरमै व्यवस्थापन हुने र प्रभावकारी पनि हुने देखिएकाले पुन वडा कार्यलयले १० लाख मुल्यमा खरिद गरेर ल्याइ बितरण गरेको श्रेष्ठले बताए । वडाले
१ घर १ कम्पोस्ट बिन लक्ष्य राखेर अगाडि बढेको वडा सदस्य सुरेश वाग्लेले बताए । सुन्दर , हराभरा र बाताबरण प्रदुषण मुक्त बनाउँदै नमुना वडा बनाउन ड्रम साइजको कम्पोस्ट बिन बितरण गरिएको वडा सचिव पम्फा बस्नेतले बताइन् ।

घर बाट निस्कने फोहोरलाइ प्रांगारिक मल बनाउँदा स्वयं वडा बासिलाइ पनि फाइदा हुने र यसले घर भित्र फोहोर ब्यबस्थापन हुँदा घरमा फोहोर पनि नहुने बस्नेतले बताइन् । कम्पोस्ट बिन पाएपछि स्थानीय बासिन्दा खुसि हुँदै घरको छतमा लगि कुहिने फोहोर ब्यबस्थापन समेत गर्न थालिसकेका छन् । वडाले नपुगेको टोलमा फेरि अर्को पटक ल्याइ सबै घरमा पुर्याउने बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी