तनहुँ उद्योग वाणिज्य संघद्वारा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई स्वागत

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँ उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र प्रहरी उपरीक्षक अवदेश विष्टलाई स्वागत गरेको छ ।

संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं संघका पूर्व अध्यक्ष एवं सल्लाहकार देवकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य एवं संघका पूर्व अध्यक्ष एवं सल्लाहकार मंगलप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष एवं पूर्व केन्द्रिय सदस्य बृषराज श्रेष्ठ, पुर्व अध्यक्ष मोहन कुमार वि.क लगायतले स्वागत गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी रिजालले उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अगाडी बढ्दा प्रशासनलाई धैरै सहज हुने भएकोले हाते मालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

तनहुँका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अवदेश विष्टले प्रहरीको मुख्य जिम्मा नागरिकको जनधनको सुरक्षा गर्नु रहेकोले नागरिकसंगको समन्वय बिना एक्लै सम्भव नहुने भन्दै मिलेर अघि बढ्न आवश्यक रहेको वताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी