जिल्ला प्रशासन कार्यालय तनहुँले, विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

दमौली न्युज
  • ख-
  • ख+

दमौली : विश्व उपभोक्ता अधिकार दिवसको अवसरमामा जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा बुधबार दमौलीमा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । उपभोक्ताको हक सुनिश्चित गर्नका लागि व्यवसायी,उपभोक्ता र नियमनकारी निकाय तीन वर्टै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ ।

यसका लागि सर्वप्रथम उपभोक्तामा जनचेतनामूलक कार्यक्रम आवश्यक भएको सो अवसरमा बोल्ने वक्ताहरुले औल्याए । बिशेष गरी चाडपर्वको समयमा मात्रै बजार अनुगमन गर्ने गरिएकोले अन्य समयमा पनि अनुगमन कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो ।

बस्तु खरीद गर्दा उपभोक्ताले सामाग्रीको मूल्य हेर्ने,म्याद सकिए नसकिएको हेर्ने,सामान खरीद गरिसकेपछि आफुले तिरे बराबरको बिल माग्ने लगायतका कार्यमा सचेत बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जानकारी दिए ।

कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुख, विभिन्न संघ – संस्थाका प्रतिनिधि लगायतका व्यक्तिहरुले आ आफ्ना भनाई राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्