दूध को मुल्य वृद्धि

दमौली न्युज
  • ख-
  • ख+

दमौली: दुधको बजार मूल्य सरकारद्वारा वृद्धि गरिएको भन्दै तनहुँ दुग्ध उत्पादक व्यवसायी संघ तनहुँले पनि दुध को मुल्य वृद्धि गरेको छ ।

संघले एक सुचना जारी गर्दै २०७९ चैत्र १ गते देखि दुधको नयाँ मुल्य लागु हुने गरी वृद्धि गरेको हो ।भैंसीको दूधको नयाँ मुल्य प्रति लिटर १४० रूपैयाँ कायम हुने पनि संघले जनाएको छ। पुरानो मुल्य १२५ रूपैयाँ रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्