
दमौलीः व्यास नगरपालिकामा गिटी बालुवा उत्खननको बाटो खुलेको छ । जिल्ला समन्वय समितिले केही दिन अघि व्यासमा वातावरणीय प्रभाव मूल्यांकनबिनै उत्खनन् भएको भन्दै रोक्न निर्देशन दिएको थियो ।
बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्विकृत गर्ने निर्णय गरेको छ । यसले अब नियमअनुसार प्राकृतिक श्रोत उत्खनन् गर्न बाटो दिनेछ ।
बैठकले नगर क्षेत्रको स्लेट ढुंगा उत्खनन् तथा कटिङ उद्योग सञ्चालन कार्यविधि पनि पारित गरेको छ । यसले त्यस्ता उद्योगको नियमनमा नगरपालिकालाई प्रत्यक्ष संलग्न गराएको छ ।