म्याग्दे : म्याग्दे गाउँपालिका वडा नं ४ मनहरी स्थित आदर्श नमुना क्लवको आयोजनामा सञ्चालन भएको एघारौं आदर्श तथा छैठौं तारा स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल आजबाट सुरु भएको छ । जस अनुसार अकला गाउँबेसि युवा क्लब ’ब्’ ख्क डि.जि.युनाईटेड बिच पहिलो खेल हुनेछ ।
यस्तै आदर्श नमुना क्लब ख्क अकला गाउँबेसि युवा क्लब ’द्य’ बिच दोस्रो खेल हुनेछ भने आदर्श नमुना क्लब खक म्याग्दे गाउँपालिका कर्मचारी बिच अर्को खेल हुने क्लवका अध्यक्ष मलिन मल्लले बताए ।“युवाको कामना,सकारात्मक परिवर्तनमा आदर्श नमुना“भन्ने नारा सहित सेभेन ए साइड फुटबल प्रतियोगिता म्याग्देको मनहरि फुटबल मैदानमा भइरहेको छ ।
फागुन १९ गतेदेखि भोलि २७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ३२ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको फाइनल खेल भोलि हुने अध्यक्ष मल्लले बताए । प्रतियोगितामा बिजेता लाई १ लाख रूपयां तथा उपबिजेतालाइ ५० हजार रूपैयाँ नगद प्रदान गरिने क्लवका निवर्तमान अध्यक्ष गौरब राज रानाले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डर लाई समेत पुरस्कारको ब्यबस्था गरिएको रानाले बताए । क्लवले २०६८ सालदेखि हरेक बर्ष फुटबल खेल प्रतियोगिता गर्दै आएको छ । तनहुँ फुटबलको इतिहासमा ११ बर्ष सम्म अनवरत रूपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमुना क्लव मात्रै रहेको क्लवले दाबि गरेको छ । क्लवले निर्माण गरेको खेलमैदान म्याग्देमै उत्कृष्ट समेत रहेको छ ।











