शिक्षक संघ तनहुँको अध्यक्षमा रमेशबाबु भट्टराई बिजयी

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल शिक्षक संघ तनहुँको ९ औ अधिवेशनबाट रमेशबाबु भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । भट्टराईले ६ सय ६४ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी भरत काफ्लले ६ सय २१ प्राप्त पाए । ४३ मतको अन्तरले भट्टराई बिजयी भएका हुन् ।

कूल २ हजार २ सय १२्र मतदातामा १ हजार ७ सय ४२ मत खसेको थियो । त्यसैगरी उपाध्यक्षमा अशोकचन्द्र वाग्ले ९ सय ७ बिजयी मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी शिवलाल पन्तले ६ सय २७ मत पाए ।

महिला उपाध्यक्षमा लक्ष्मी मल्लले ९ सय २५ मत ल्याएर बिजयी भइन् । उनका प्रतिस्पर्धी शान्ता बास्तोलाले ७ सय ३५ मत पाएकी थिइन् । सचिव अर्थमा राजु ढकाल ८ सय ७६ मत बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी भने कृष्ण तिवारीले ७ सय ३ मत पाएको निर्वाचन समितिका हुन् ।

त्यसैगरी खुल्ला सचिवमा नरेन्द्र न्यौपाने निर्विरोध चयन भएका छन् । सहसचिव खुल्लामा बिजराज खनालले ६ सय ६२ मत ल्याएर बिजयी भएका छन् । सहसचिव समावेशीमा नन्दु थापाले १ हजार १ सय ४ मत ल्याएर बिजयी भएका छन् भने सहसचिव महिलातर्फ शारदा अधिकारी निर्विरोध भएकी छन् ।

तुलबहादुर गुरुडले ७०१ मत समावेशी सहसचिवमा बिजयी भएका छन् । त्यसैगरी अर्थमा ऋषिमाया राना,संघीय प्रतिनिधी महिलामा सुलोचना पण्डित बिजयी भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी