राष्ट्रिय खेलाडी अन्जना चन्दलाई हैरान्हको सम्मान

दमौली न्युज
  • ख-
  • ख+

दमौली : राष्ट्रिय हक्की खेलाडी अन्जना चन्दलाई बुधबार दमौलीमा सम्मान गरिएको छ । ११३ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हैरान्स क्लबले राष्टिय खेलाडी चन्दलाई सम्मान गरेको हो ।

क्लबका अध्यक्ष रबिन पौडेल लगायतका पदाधिकारीले संयुक्त रुपमा प्रमाणपत्रले सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै क्लबका अध्यक्ष पौडेलले खेलाडी राष्ट्रको गहना भएकोले थप हौसला प्रदान गर्न क्लबले सम्मान कार्यक्रम आयोजना गरेको बताए ।

उक्त कार्यक्रममा राष्ट्रिय खेलाडी शर्मिला थापालाई समेत सम्मान गरिएको हैरान्स क्लबका प्रतियोगिता संयोजक उज्वल भट्टाईले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी