म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका वडा नं १ स्थित गुणादीमा रहेको मिलिजुली दिदिबहिनी समुहको सक्रियतामा बन्न लागेको चौतारोको शिलान्यास भएको छ । नारी दिवसको अवसर पारेर निर्माण सुरु गरिएको चौतारोको एक कार्यक्रमका बिच समाजसेवी जेष्ठ नागरिक देवीलाल खनालले शिलान्यास गरे ।

चौतारोको शिलान्यास गर्दै खनालले पुरानो पार्टी पौवा चौतारो निर्माण एवम् संरक्षण हुनु राम्रो काम भएको बताए । गाउँघर तिर मेलापात , घाँस दाउरा , गोठालो गर्दा थकाइ मार्ने र सितलता लिने ठाउँको रूपमा चौतारो महत्त्वपूर्ण भएको उनको भनाइ थियो । गर्मीमा सितलता दिने ठाउँ चौतारो हो भन्दै खनालले समयमै गुणस्तरीय चौतारो निर्माण हुनसके राम्रो हुने बताएका थिए । कार्यक्रममा मिलिजुली दिदीबहिनी समुहका अध्यक्ष हिमा पौडेल खनालले नारी दिवस पारेर सबै दिदीबहिनी हरू एक ठाउँमा जम्मा भएको र सबैको साथ र सहयोगमा चौतारो निर्माण गरिने बताइन् ।
बरू आलोपालो गरौं , तर सबैले रेखदेख गरौँ र आकर्सक चौतारो निर्माणका लागि सहयोग गरौँ अध्यक्ष खनालको भनाइ थियो । चौतारो निर्माणका लागि म्याग्दे गाउँपालिका बाट २ लाख ६५ हजार र १ लाख ७७ हजार दिदिबहिनी समुहको जनसहभागिता बाट गरि कुल ४ लाख ४२ हजार को स्टमेट योजना तयार भएको अध्यक्ष खनालले जानकारी दिइन् । कार्यक्रममा इन्द्रप्रसाद खनाल, कल्पना खनाल, लक्ष्मी खनाल,उर्मिला खनाल,पवित्रा खनाल, संगिता खनाल,तारा खनाल,बिस्णुमाया खनाल,देवी पौडेल खनाल,सुस्मिता खनाल,इन्दिरा खनाल,सुमित्रा खनाल, उषा खनाल,सरिता खनाल,सम्झना खनाल लगायतको उपस्थिति रहेको थियो ।











