दमौली: जिल्लामै धेरै शिक्षक आवद्ध नेपाली कांग्रेस निकट शिक्षकहरुको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ तनहुँको अध्यक्ष पदमा ५ जना बिच प्रतिस्पर्धा हुने भएको छ । २४ गते मतदान हुने तय गरिएको अधिवेशनमा संघको नेतृत्व सम्हाल्न ५ जना बिच प्रतिस्पर्धा हुने भए पनि अहिले सम्म भरत काफ्ले अन्य प्रतिस्पर्धिकाे तुलनामा अगाडि देखिएका छन् कि भन्ने केही को बुझाई छ ।
काफ्लेका अनुसार आफु सातवटा स्थानीय तहमा अगाडि रहेको दावी गरेका छन् । संघको विभिन्न पदमा रहिसकेका काफ्ले निस्कलङ्कित , स्वच्छ छवि भएका र नेतृत्व लिनसक्ने क्षमता भएका नेता भएको कारणले पनि अन्य प्रतिस्पर्धिकाे तुलनामा बलिया देखिएका छन् । झण्डै २१ सय शिक्षकहरू अाबद्ध रहेको संघको नेतृत्व लिन ५ जना देखिएपनि काफ्ले अगाडि हुन कि भन्ने बुझिन्छ। बहुमत शिक्षककाे समर्थन रहने देखिएको शिक्षक हरि सुवेदीले भने ।
शिक्षक संघमा कैयौंपटक छलफल तथा सहमतिको लागि बैठक बसे पनि उम्मेदवारी टुंगोमा सहमति हुन नसक्दा ५ जना बिच प्रतिस्पर्धाकाे अवस्था अाएकाे हाे । काफ्लेले लामो समयदेखि पढाएका बिद्यार्थीहरू नैं अहिले शिक्षक रहेको र उनिहरूबाट भाेट पाउन सजिलो हुने अाँकलन गरिएको छ । यस्तै काफ्लेले बिगतमा तनहुँकाे दक्षिण तथा उत्तरी भेगमा समेत लामो समय काम गरेको तथा पार्टीका चुनाबमा समेत नेताहरू सँग नजिक रहेर महत्त्वपूर्ण जिम्मेवारी हरू निर्वाह गरेकोले बलियो उम्मेदवार हुन् भन्ने ठानिएको छ ।
यसाेत काफ्ले अाँफैमा ईमानदार , जुझारु , लगनशील र काम गर्नसक्ने क्षमतावान शिक्षक नेता भएको धेरै पालिकाका शिक्षकहरूले बताएका छन् । अधिकांश शिक्षकले अहिलेकाे नेतृत्व लिनसक्ने र शिक्षककाे हकहितमा बाेल्न सक्ने क्षमतावान नेता भनेकै भरत काफ्ले रहेको बताउनुले पनि त्यसको पुष्टि गर्दछ । काफ्लेले विगत २८ वर्ष देखि निरन्तर संघमा अावद्ध भई काम गरेको , लोकतान्त्रिक अान्दोलनमा अग्रमोर्चामा रहि सक्रियता देखाएको , संघका हरेक गतिविधि र अान्दोलन मा सक्रिय सहभागिता जनाएको , जिल्ला सदस्य र संघिय प्रतिनिधि भई संस्थामा योगदान गरेको हुँदा यसपटक संघको उम्मेदवार मध्ये बाट भरत काफ्ले लाई जिताउनुकाे बिकल्प नरहेको ती शिक्षक हरूले बताएका छन् ।
काफ्लेले शिक्षकका माघलाई सम्बोधन गर्न स्थानीय सरकार र संघिय सरकार सँग विभिन्न कार्यक्रम मार्फत पहल गरेकाे पाएकाले अाँफुहरूकाे समर्थन उहाँलाई नैं हुने उनिहरूकाे भनाइ छ । अध्यक्षका प्रत्यासि काफ्लेले महासंघले अायोजना गरेकाे शिक्षकका अधिकार र हकका पक्षमा गरेका अान्दोलन हरूमा सरिक भई योगदान गरेको . शिक्षक कल्याणकारी कोषको स्थापनाका लागि सहयोग गरेको लगायतका क्षेत्रमा काम गरेका छन् ।
अाँफुले संघको नेतृत्व लिएर काम गर्न पाएमा संस्थाको गरिमा उच्च राख्न प्रयत्नशील रहने , स्थानीय सरकार तथा समन्वय लगायत पार्टीका नेतृत्व सँग सहकार्य र समन्वय गरि शिक्षकका हक हित र कर्तव्य वहनका पक्षमा सक्रिय रहने , शिक्षक हस्पिटल बनाउने पक्षमा जोडदार अावाज बुलन्द गर्ने ,शिक्षक संघ तनहुँ को कार्यालय भवन बनाउन पहल गर्ने , शिक्षक दरवन्दि मिलान गरि शैक्षिक गतिविधिमा सहयोग गर्ने र यो संस्थालाई शिक्षकहरूको अपनत्वको सस्था र अास्थाको पुन्ज बनाउने काममा अग्रसर हुने काफ्लेले घाेसणापत्रमा बताएका छन् ।











