म्याग्दे: म्याग्दे गाउँपालिका वडा नं ४ मनहरी स्थित आदर्श नमुना क्लवकाे आयाेजनामा सञ्चालन भएको एघारौं आदर्श तथा छैठाैं तारा स्मृति कप फुटबल प्रतियोगिताकाे दाेस्राे चरणका खेल आजबाट सुरु भएको छ । जस अनुसारफ्रेन्डसीप युथ क्लब (गुणादी) vs समृद्धि युवा क्लब (तिलेटार)बिच अहिले ११:३० बजे हुनेछ ।
त्यस्तै भ्यालि युथ क्लब vs अकला गाउँ बेसि युवा क्लब (छबीसे)बिच दिउँसो १ बजे ,
आदर्श नमुना क्लब vs थर्पु युवा क्लब दिउँसो ( २:३० बजे ), मणि युवा क्लब (छिम्लीस्वारा) vs इन्द्रेणी युवा क्लब (बासस्वारा) दिउँसो ४ बजे हुने क्लवका अध्यक्ष मलिन मल्लले बताए ।
” युवाको कामना , सकारात्मक परिवर्तनमा अादर्श नमुना ” भन्ने नारा सहित सेभेन ए साइड फुटबल प्रतियोगिता म्याग्देकाे मनहरि फुटबल मैदानमा भइरहेको छ । फागुन १९ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३२ टिमकाे सहभागीता रहेको थियो ।
प्रतियोगितामा बिजेता लाई १ लाख रूपयां तथा उपबिजेतालाइ ५० हजार रूपयाँ नगद प्रदान गरिने क्लवका निवर्तमान अध्यक्ष गाैरब राज रानाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गाेलकर्ता , उत्कृष्ट गाेलरक्षक र उत्कृष्ट डिफेन्डर लाई समेत पुरस्कारको ब्यबस्था गरिएको रानाले बताए । क्लवले २०६८ सालदेखि हरेक बर्ष फुटबल खेल प्रतियोगिता गर्दै आएकाे छ ।
तनहुँ फुटबलको इतिहासमा ११ बर्ष सम्म अनवरत रूपमा प्रतियोगिता आयाेजना गर्ने आदर्श नमुना क्लव मात्रै रहेको क्लवले दाबि गरेको छ । क्लवले निर्माण गरेको खेलमैदान म्याग्देमै उत्कृष्ट समेत रहेको छ ।











