फागुपूर्णिमा : छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक मेला

दमौली न्युज
  • ख-
  • ख+

छिम्केश्वरी : फागुपूर्णिमाको अवसरमा आँबुखैरेनी गाउँपालिका वडा नं ५ स्थित छिम्केश्वरीमा छिम्केश्वरी पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला सम्पन्न भएको छ ।

कार्यक्रम गण्डकी प्रदेश उद्योग पर्यटन बन तथा वातावरण का मन्त्री रेशम बहादुर जुग्जालीले कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जुग्जालीले भने छिम्केश्वरीको पर्यटन विकासका लागि आफ्नो र प्रदेश सरकारले ध्यान दिने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य हरी भण्डारीले छिम्केश्वरी गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्न सक्ने बताए ।

त्यस्तै गाउँपालिका का अध्यक्ष शुक्र चुमानले छिम्केश्वरी क्षेत्रको विकासका लागि पालिकाले ३ तहकै सरकारसँग समन्वय गरेर काम अगाडी बढाएको बताए । कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल,प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्मा ,नेपाल पज्ञा प्रतिष्ठानका पाज्ञ सदस्यहरु ,साहित्यकार लगायतको सहभागिता रहेको थियो।

समुन्द्री सतहबाट २ हजार १ सय ३४ मिटरको उचाइमा अवस्थित छिम्केश्वरीतनहुँको सबै भन्दा अग्लो चुचुरो ले परिचय स्थानमा मेला सम्पन्न भएको हो । पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔं , राष्ट्रिय फुल लालिगुराँस संगै होली मनाऔं भन्ने नारा सहित फागुपूर्णिमाको दिन आँबुखैरेनी बाङमाय परिषद्को आयोजना आँबुखैरेनी गाउँपालिका वडा नं ५ र छिम्केश्वरी युवा क्लब को सह आयोजना तथा आँबुखैरेनी गाउँपालिका को संरक्षकमा मेला सम्पन्न भएको हो ।

कार्यक्रममा होलीको रमाइलो मेला सहित विभिन्न साहित्यिक तथा संस्कृतिक कार्यक्रम प्राकृतिक मनोरम दृश्य अवलोकन ,राष्ट्रिय तथा स्थानीय कलाकार ,कवि तथा साहित्यकारको प्रस्तुति रहेको थियो । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्