फागु पर्वको अवसरमा सुचना जारी

दमौली न्युज
  • ख-
  • ख+

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले फागु पर्व (होली)को अवसरमा जताभावि रङ नलगाउन सुचना जारी गरेको छ ।
रंगहरुको माध्यमबाट एक आपसमा खुसी साटासाट गर्ने फागु पर्व भएको भन्दै कसैको ईच्छा विपरित जथाभाभि रंग दल्ने लोला हान्ने बाटो ढुकेर बटुवालाई रंगलगाउने जस्ता कार्य नगर्न अनुरोध गरेको छ ।

बातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको रङ्गिन बस्तुहरु, केमिकल,प्लास्टिकजन्य सामग्रीहरुको प्रयोग नगराउन पनि सुचनामा जारी गरिएको छ । फागु पर्व होलिमा यदि कानुन विपरितका कार्यहरु गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि सहायक प्रमुख जिल्ला अधिकारी काशी राम गैरेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्