म्याग्दे : म्याग्दे गाउँपालिका वडा नं ४ मनहरी स्थित अादर्श नमुना क्लवकाे अायाेजनामा हुने एघारौं अादर्श तथा छैठाैं तारा स्मृति कप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
प्रतियोगिताकाे सम्पुर्ण तयारी पूरा भएको र आज दिउँसो १२ बजे उद्घाटन गर्ने तयारी भएको अादर्स नमुना क्लवका अध्यक्ष मलिन मल्लले बताए । प्रतियोगितामा ३२ टिमकाे सहभागीता रहने अध्यक्ष मल्लले बताए । यसपटक देखि खेल हेर्न दर्शक काे लागि प्याराफिट निर्माण समेत भएको अध्यक्ष मल्लले बताए ।
यसका साथै मैदान अासपास रङ्गराेगन गरेर अाकर्सक बनाइएकाे छ । काम भइरहेको अादर्स नमुना क्लवका अध्यक्ष मलिन मल्लले बताए । हामीले पहिलोपटक प्याराफिटकाे ब्यबस्था गरेका छाैं मल्लले भने । ” युवाको कामना , सकारात्मक परिवर्तनमा अादर्श नमुना ” भन्ने नारा सहित सेभेन ए साइड फुटबल प्रतियोगिता म्याग्देकाे मनहरि फुटबल मैदानमा हुँदैछ ।
फागुन १९ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताकाे बिजेता लाई १ लाख रूपयां तथा उपबिजेतालाइ ५० हजार रूपयाँ नगद प्रदान गरिने क्लवका निवर्तमान अध्यक्ष गाैरब राज रानाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गाेलकर्ता , उत्कृष्ट गाेलरक्षक र उत्कृष्ट डिफेन्डर लाई समेत पुरस्कारको ब्यबस्था गरिएको रानाले बताए ।
क्लवले २०६८ सालदेखि हरेक बर्ष फुटबल खेल प्रतियोगिता गर्दै अाएकाे छ । तनहुँ फुटबलको इतिहासमा ११ बर्ष सम्म अनवरत रूपमा प्रतियोगिता अायाेजना गर्ने अादर्श नमुना क्लव मात्रै रहेको क्लवले दाबि गरेको छ । क्लवले निर्माण गरेको खेलमैदान म्याग्देमै उत्कृष्ट समेत रहेको छ ।











