दमौली: जिल्लामै धेरै शिक्षक आवद्ध नेपाली कांग्रेस निकट शिक्षकहरुको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ तनहुँको अधिवेशन नजिकिए सँगै चुनावी सरगर्मि बढेको छ । संघको अध्यक्ष लगायतका पदाधिकारीहरू मा इच्छुक काे संख्या बढ्दै जाँदा भावी नेतृत्व कसकाे पाेल्टामा पर्ला भन्ने कौतुहलता सुरु भएको छ । फागुन २० गते सुरु भइ २४ गते मतदान हुने तय गरिएको अधिवेशनमा संघको महत्त्वपूर्ण पदहरूमा पुग्न आकांक्षीहरूकाे दाैडधुप देखिएकाे छ ।
झण्डै २१ सय शिक्षकहरू आबद्ध रहेको संघको नेतृत्व लिन धेरै जना आकाँक्षी देखिए पनि पदिय जिम्मेवारी दिँदा बहन गर्न सक्ने उम्मेदवारकाे बारेमा चर्चा भइरहेको छ । संघको अन्य पदहरूमा जस्तैः महिला उपाध्यक्ष पदमा पनि काे बलियो उम्मेदवार ? भन्ने बहस शिक्षकहरू भित्र चल्न थाले संगै कतै महिला उपाध्यक्षका आकांक्षीका उम्मेदवारहरू मध्ये शान्ता बास्तोला सबै भन्दा बलियो उम्मेदवारकाे रूपमा हुन् की भन्ने आंकडल गरीएको पाइन्छ । बास्तोला हालकि सहसचिव समेत भएको र काम गर्न सक्ने क्षमतावान नेतृ भएको अधिकाँस शिक्षकहरूकाे भनाइ छ । त्यसाेत बास्तोलाले ९ बुंदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेर अगाडि बढेकी छन् ।
विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई काम गरेको समेत अनुभव भएकी बास्तोलाले सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटघाट गर्नुका साथै टेलिफोन बाट पनि आफ्नाे चुनावी अभियान सुरु गरिसकेको उनको भनाई छ । बास्तोलाले आंफुले जितेमा शिक्षक हरुका सरुवा बढुवा यावत् समस्याको निराकरण गर्ने , महिनावारी हुँदा आइपर्ने समस्याको समाधानको लागि माथिल्लो तहमा पढ्ने छात्राहरू तथा महिला शिक्षकहरुलाई स्वास्थ्यकर्मी द्वारा प्रशिक्षण दिने अभियान चलाउने,गर्भवती महिला शिक्षक , सुत्केरी महिला शिक्षकको घर – पायक जागिरको असुविधाकाे पहिचान गरी सम्बन्धित ठाउँमा सहज स्थानमा आउनका लागि पहल गर्ने लगायतमा पहल गर्ने बताएकि छन् ।
यस्तै योग्यता पुगिसकेका नेतृत्व लिन इच्छुक तर महिला भएकै कारणले प्रधानाध्यापक हुनबाट वञ्चित भएको अवस्था बुझिन आएमा सो को बारेमा बुझेर आवश्यक ठाँउमा आफ्नो आवाज सम्बन्धित निकायमा पुर्याउन सहयोग गर्ने, शिक्षकलाई मासिक तलब निकासाको लागि पहल गर्ने, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सक्रिय भूमिका वहन गर्ने, एक शिक्षक,एक ल्यापटपको व्यवस्थाका लागि सम्बन्धित निकायमा माग गर्ने, कर्मचारी बालविकासको तलब वृद्धिमा पहल गर्ने र प्रविधिमैत्री विद्यालय निर्माणका लागि विभिन्न तालिमहरुका लागि सम्बन्धित निकायमा समन्वय गर्ने आदी घाेषणा पत्र नै सार्वजनिक गरेकि छन् । संघको भावी नेतृत्व आफूले लिन सक्ने बताउँदै नेतृ बास्तोलाले महिला उपाध्यक्षमा सके सर्व-सम्मत , सर्वसम्मत लाई सहमतिमा जुट्न नसके चुनावी प्रतिस्पर्धामा आफु जाने र फराकिलो मतान्तरले आफुले जित्ने उनको दावी छ।











