विकास खनाल : जिल्लामै धेरै शिक्षक आवद्ध नेपाली कांग्रेस निकट शिक्षकहरुको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ तनहुँको अध्यक्ष पदमा दर्जन बढि आकाँक्षि देखिएका छन् । संघको अधिवेशनको मिति नजिकिए सँगै नेतृत्वका आकांक्षिहरूले सकृयता बढाउनुका साथै भावी नेतृत्वको बारेमा समेत बहस सुरु भएको छ ।
फागुन २० गते सुरु भइ २४ गते मतदान हुने तय गरिएको अधिवेशनमा संघको नेतृत्व सम्हाल्न झण्डै १ दर्जन शिक्षक नेताहरू आकांक्षि देखिएका छन् । आकाँक्षि शिक्षक हरू धेरै भएको हुँदा सबैभन्दा बलियो उम्मेदवार को भन्ने समेत चर्चा सुरु भएको छ । झण्डै २१ सय शिक्षकहरू आबद्ध रहेको संघको नेतृत्व लिन दर्जन बढी आकाँक्षि देखिनु स्वाभाविक भएको शिक्षकहरूले बताएका छन् ।
धेरै जना आकाँक्षि भए पछि कुन प्यानल बाट कसले टिकट पाउँछ भन्ने समेत आँकलन सुरु भएको छ । पार्टीका केन्द्रीय नेताहरू धेरै भएको तनहुँमा आँफु निकटको बलियो उम्मेदवार छान्न कोठे बैठकहरू भइरहेका छन् । कैयौंपटक छलफल तथा सहमतिको लागि बैठक बसे पनि उम्मेदवारी टुंगो भने लाग्न सकिरहेको छैन । काङ्ग्रेस बरिस्ठ नेता रामचन्द्र पौडेल तथा ब्यासका प्रमुख बैकुण्ठ न्यौपाने लगायतको टिम भित्रबाट सर्वसम्मत रूपमा उम्मेदवार छान्ने प्रयास भइरहेको बताइएको छ ।
खासगरी बिगत लामो समयदेखि अध्यक्षको तयारी गरेका र सबैभन्दा बलियो उम्मेदवारको रूपमा हेरिएका भरत काफ्लेको नाममा सहमति हुनै लाग्दा केही शिक्षक हरूले हालका, अध्यक्ष रसा गुरूङ लाई अगाडि सारे पछि काफ्लेको नाममा सहमति जुटिसकेको छलफल फेरि लम्बिएको र निर्णयमा पुग्न ढिलाइ भएको बताइएको छ । यद्यपि छिट्टै काफ्लेको नाममा सहमति हुने र चुनावी मैदानमा होमिने गरि लाग्ने उक्त पक्षको तयारी रहेको बताइएको छ ।
काफ्लेले लामो समयदेखि पढाएका बिद्यार्थीहरू नैं अहिले शिक्षक रहेको र उनिहरूबाट भोट पाउन सजिलो हुने आँकलन गरिएको छ । यस्तै काफ्लेले बिगतमा तनहुँको दक्षिण तथा उत्तरी भेगमा समेत लामो समय काम गरेको तथा पार्टीका चुनाबमा समेत नेताहरू सँग नजिक रहेर महत्त्वपूर्ण जिम्मेवारी हरू निर्वाह गरेकोले बलियो उम्मेदवार हुन् भन्ने ठानिएको छ । यसोत काफ्ले आँफैमा ईमानदार,जुझारु,लगनशील र काम गर्नसक्ने क्षमतावान शिक्षक नेता भएको धेरै पालिकाका शिक्षकहरूले बताएका छन् ।
अधिकांश शिक्षकले अहिलेको नेतृत्व लिनसक्ने र शिक्षकको हकहितमा बोल्न सक्ने क्षमतावान नेता भनेकै भरत काफ्ले रहेको बताउनुले पनि त्यसको पुष्टि गर्दछ । हामीले उहाँलाई सके सर्वसम्मत र नभए पनि अत्याधिक बहुमतको साथ बिजय गराउनुको बिकल्प छैन शिक्षक हरि सुवेदीले भने । काफ्लेले विगत २८ वर्ष देखि निरन्तर संघमा आवद्ध भई काम गरेको,लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा रहि सक्रियता देखाएको, संघका हरेक गतिविधि र आन्दोलन मा सक्रिय सहभागिता जनाएको, जिल्ला सदस्य र संघिय प्रतिनिधि भई संस्थामा योगदान गरेको हुँदा यसपटक संघको उम्मेदवार मध्ये बाट भरत काफ्ले लाई जिताउनुको बिकल्प नरहेको ती शिक्षक हरूले बताएका छन् ।
काफ्लेले शिक्षकका माघलाई सम्बोधन गर्न स्थानीय सरकार र संघिय सरकार सँग विभिन्न कार्यक्रम मार्फत पहल गरेको पाएकाले आँफुहरूको समर्थन उहाँलाई नैं हुने उनिहरूको भनाइ छ । अध्यक्षका प्रत्यासि काफ्लेले महासंघले आयोजना गरेको शिक्षकका अधिकार र हकका पक्षमा गरेका आन्दोलन हरूमा सरिक भई योगदान गरेको शिक्षक कल्याणकारी कोषको स्थापनाका लागि सहयोग गरेको लगायतका क्षेत्रमा काम गरेका छन् । यसोत काफ्ले आँफुले चुनावी तयारीका लागि प्रतिवद्धता पत्र समेत लिएर अगाडि आईसकेका छन् र जिल्ला का अधिकांश ठाउँमा गई शिक्षकहरू सँग भेटघाट समेत गरिसकेका छन् ।
भेटघाट सँगै उनले टेलिफोन बाट समेत सम्पर्कलाई तिब्रता दिएका छन् । आँफुले संघको नेतृत्व लिएर काम गर्न पाएमा संस्थाको गरिमा उच्च राख्न प्रयत्नशील रहने , स्थानीय सरकार तथा समन्वय लगायत पार्टीका नेतृत्व सँग सहकार्य र समन्वय गरि शिक्षकका हक हित र कर्तव्य वहनका पक्षमा सक्रिय रहने , शिक्षक हस्पिटल बनाउने पक्षमा जोडदार आवाज बुलन्द गर्ने, शिक्षक संघ तनहुँ को कार्यालय भवन बनाउन पहल गर्ने, शिक्षक दरवन्दि मिलान गरि शैक्षिक गतिविधिमा सहयोग गर्ने र यो संस्थालाई शिक्षकहरूको अपनत्वको सस्था र आस्थाको पुन्ज बनाउने काममा अग्रसर हुने काफ्लेले घोसणापत्रमा बताएका छन् ।
शिक्षक संघको नेतृत्वको बिषय लाई लिएर शिक्षक महासंघ तनहुँका अध्यक्ष आरसि पोख्रेलले केही दिन अगाडि मात्रै छलफल र भेटघाट कार्यक्रम आयोजना गरेका थिए । उक्त भेटघाट कार्यक्रममा काफ्ले सँगै ज्ञानेन्द्र न्यौपाने , रमेश बाबू भट्टराई , उपेन्द्र बिस्ट , नरेन्द्र न्यौपाने , चन्द्रमणि कोइराला , ओझराज बगाले , रोहिणिराज पौडेल , रसमाया गुरूङ र पदम खनाल ले नेतृत्वको लागि दाबेदार रहेको बताएका थिए । यता काङ्ग्रेस नेता शंकर भण्डारी लगायतको समुहले भने शिक्षक रमेश बाबू भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको बुझिएको छ ।











