म्याग्दे: तनहुँको म्याग्दे गाउँपालिका भित्र उत्कृष्ट फुटबल खेलमैदाकाे रूपमा आदर्स फुटबल मैदानलाई हेरिएको छ । पछिल्लो समय आदर्स नमुना युवा क्लवले खेलमैदान निर्माणका लागि निकै मेहेनत गरेपछि मनहरीमा रहेको आदर्स फुटबल खेलमैदान उत्कृष्ट बन्दै गएको हाे ।

२०७१ / २०७२ सालसम्म दलदले खेतको रूपमा रहेको खेलमैदानलाई फुटबल खेल्ने ठाउँ बनाउनुपर्छ भन्ने सुरूकाे अवधारणा ल्याउने नेपाली काङ्ग्रेसका तत्कालीन नेता स्व. तारा राज राना भएको हुँदा उनैको सम्झना एवम् सम्मान स्वरूप क्लवले तारा स्मृति कप फुटबल प्रतियोगिता गर्दै आएकाे क्लवका निबर्तमान अध्यक्ष गाैरब राज रानाले बताए । हाल खेलमैदान भएको ठाउँमा पार्वती किर्तन समुहकाे स्वामित्वमा रहेको र साेहि समुहले चर्चँदै आएकाे जग्गा भए पनि पुर्जा नभएकोले खेलमैदान बनाउन सम्भब भएको रानाले बताए ।
सुरुमा त बन्ने जस्तो पनि लागेको थिएन , खर्चकाे कुरा पनि थियो , ठुलो खर्चमा क्लवले बनाउन सक्ने स्थिति पनि थिएन , तर पनि आंट गरेर काम गर्याे भने हुने रहेछ रानाले भने । त्यो बेलाको अवस्था र अहिले तयार भएको खेलमैदान देख्दा खुसि लागेको र दुख बिर्सेकाे उनलेे बताए । त्यसवेलाकाे अभियान सम्झँदै राना भन्छन् ।
२०७१ / २०७२ सालमा फुटबल मैदान बनाउने भनेर तत्कालीन छाङ गाविस बाट ५० हजार बिनियाेजन भयो , उक्त रकमबाट बनले घेरिएको दलदले खेतलाइ मैदानको आकार दिने काम भयो । त्यसले काम अगाडि बढाउन खुसि मिल्याे र स्थानीय ब्यक्तिहरू बाट स्वइच्छाले अार्थिक सहयोग अभियान अगाडि बढाउँदा करिब ५० हजार एवम् गाविस बाट प्रस्तावित ५० हजार गरि जम्मा भएको १ लाख काे काम गर्याैँ रानाले भने ।
त्यसपछि म्याग्दे गाउँपालिका बन्याे , गाउँपालिकाकाे अध्यक्ष काङ्ग्रेसबाट निर्वाचित माया राना बनिन् । रानाले गाउँपालिका बाट मैदान निर्माणका लागि ४ लाख बिनियाेजन गराइन् । त्यो अगाडि नैँ तत्कालीन काङ्ग्रेस नेता ताराराज राना जसले खेलमैदान काे अवधारणा ल्याएका थिए उनलेे श्राेत सुनिश्चितता शिर्षकमा रकम माग गरेका रहेछन् , त्यसवाट ५ लाख रूपयां निकासा भयो ।
त्यहि बिचकाे दुखलाग्दो कुरात के भने जसले फुटबल खेलमैदानकाे अबधारणा ल्यायाे , श्राेत सुनिस्चितता शिर्षकमा निवेदन दिएर ५ लाख रूपयाँ पार्याे उहीँ ब्यक्तिकाे दुखद निधन भयो । गाैरब थप्छन् हामीलाई त थाहा पनि थिएन यसरी रकम परेको छ , निवेदन परेको छ भनेर , एक्कासि प्राविधिक एवम् ईन्जिनियरहरू नाप जाँच गर्न अाएपछि मात्रै थाहा पाएउँ उनी भन्छन् । खेलमैदानकाे लागि यति ठुलो याेगदान गरेको ब्यक्तिकाे नैँ दुखद निधन भए पछि उहाँको सम्झना एवम् सम्मानमा भनेर हामीले तारा स्मृति कप फुटबल प्रतियोगिता राख्न सुरु गरेकाे र अहिले याे छैटौं संस्करणमा पुगेको राना सम्झिन्छन् ।
अर्को एउटा गजव पक्ष त के पनि छ भने फुटबल मैदानकाे अवधारणा ल्याउने स्व. तारा राना र गाउँपालिकि पुर्व अध्यक्ष मायादेवी राना क्लवका त्यस समयका अध्यक्ष गाैरब राज रानाको बुवा अामा हुन् । बुवा , अामा र छाेरा गरि एउटै परिवारकाे यश खेलमैदानमा ठुलो लगानी र मेहेनत रहेको पनि यसले देखाउँछ ।
स्व. तारा सँगै फुटबल खेलमैदान बनाउन तत्कालीन छाङ्ग गाविस सचिव एवम् अध्यक्ष तिर्थ राज वाग्ले , स्थानीय सहयोगी इन्द्रमान श्रेष्ठ , चन्द्र कुमार मल्लले सहयोग गरेको रानाले स्मरण गरे । साथै मनहरीकाे इन्द्र गुठीले ७५ हजार तथा क्या . सुर्जकुमार मल्लले ५० हजारका साथै अन्य धेरै संघसंस्था तथा ब्यक्तिहरूले सहयोग गरेको गाैरबले बताए ।
हामीले स्वदेश तथा बिदेशमा बस्ने धेरैकाे साथ र सहयोगले नै खेलमैदान लाई अहिलेकाे अवस्थामा ल्याउन सकेका हाैं उनलेे भने । सबैको थप सहयोग र साथ पाएमा क्लवले हालको सेभेन ए साइड मैदानलाई इलाभेन ए साइड मैदान बनाउने लक्ष्य राखेको जनाएको छ । फुटबल सँगै टेवलटेनिस , ब्याडमिन्टन , भलिबल लगायतको खेल खेल्ने ठाउँ पनि बनाउने क्लवले लक्ष्य लिएको छ ।
अहिले यहि खेलमैदानमा फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताकाे लागि अहिले तयारी अन्तिम चरणमा पुगेको र दर्शकको लागि प्याराफिट समेत तयार पारिएको क्लवका अध्यक्ष मलिन मल्लले बताए । फागुन १९ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेको छ ।
म्याग्दे गाउँपालिका वडा नं ४ मनहरी स्थित अादर्श नमुना क्लवकाे अायाेजनामा हुने एघारौं अादर्श तथा छैठाैं तारा स्मृति कप फुटबल प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेको हाे । माेफसलकाे खेलमैदानमै पहिलोपटक प्याराफिट सहितको ब्यबस्थापनले खेलप्रेमि दर्शकहरूले बसेर खेल हेर्न पाउने भएका छन् अध्यक्ष मल्लले भने ।
खेलमैदानकाे सुरुवाति निर्माण देखि थप सुविधा सहितको ब्यबस्थापनले म्याग्देबासि हरूले सजिलोसँग खेलकाे भरपुर अानन्द लिन सक्ने अध्यक्ष मल्लले बताए । उक्त सेभेन ए साइड फुटबल प्रतियोगिताकाे बिजेता लाई १ लाख रूपयां तथा उपबिजेतालाइ ५० हजार रूपयाँ नगद प्रदान गरिने क्लवले जनाएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गाेलकर्ता , उत्कृष्ट गाेलरक्षक र उत्कृष्ट डिफेन्डर लाई समेत पुरस्कारको ब्यबस्था गरिएको छ ।











