राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने तयारी गरेका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रेखा शर्माले यसअघि सरकारलाई समर्थन गरेका केहि दलहरुले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानुनी व्यवस्थाअनुसार प्रधानमन्त्रीले समयभित्रै विश्वासको मत लिने बताइन् ।

उनका अनुसार अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने छन् ।

उनले राष्ट्रपति चुनाव नजिक आइरहेको अवस्थामा त्यसपछि मात्रै विश्वासको मत लिनका लागि तयारी भएको बताइन् । यस्तै राष्ट्रपति चुनावपछि मात्रै मन्त्रीमण्डल पुनर्गठन हुने पनि उनले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी