मस्र्याङ्दी नदीमा घिमिरे मृत अवस्थामा भेटिए

दमौली न्युज
  • ख-
  • ख+

दमौली :  आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे सम्पर्क बिहीन भएको केहि दिन पछि मृत अवस्थामा फेला परेका छन् । सम्पर्क विहीन हुदै आएका घिमिरे मंगलबार मस्र्याङ्दी नदीमा मृत अवसथामा फेला परेका हुन् ।

 

सशस्त्र प्रहरीको गोताखोरले उनको शव नदीबाट निकालेको छ । मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दीको किनारमा भेटिएको थियो ।

 

घिमिरेको खोजतलासका लागि तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरिएपछि मृत अवस्थामा भेटिएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको पनि प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी