तेस्रो व्यास नगर महिला खुल्ला दौड प्रतियोगिता हुने

दमौली न्युज
  • ख-
  • ख+

दमौली :  व्यास नगरपालिकाले तेस्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथन खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । फागुन २४ गते नारी दिवसकोे अवसर पारेर महिला खुल्ला हाफ दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

 

दमौलीको व्यास गुफाबाट सुरु हुने २१ किलो मिटरको दौड अनसन चौतारी, दुर्गा मन्दिर, जलदेवि चोक, भोर्लेटार चोक, गणेशमान चोक, बनकार्यालय सफा सडक, पृथ्वी राजमार्गको ताल घरे, बाराही रानी मार्गको रानीगाउ,दरै पधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी ,खड्गकाली मार्गको चिसापानी,अर्चलचौर, धरमपानी, गङगलथोक,पत्यारथोक,चण्डीथान गद्धीचौतारा हुदै व्यास नगरपाकिा वडा नं.११ स्थित ऐतिहासिक तनहुँसुर दरवार पुगेर टुङ्गिने छ ।

 

सहभागि विजेता प्रथमलाई ४१ हजार ७९ रुपैयाँ, द्वितीय हुनेलाई ३१ हजार ७९ रपैयाँ र तृतीय हुनेलाई २१ हजार ७९ रुपैयाँ पुरस्कार पाउने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा सान्त्वना पुरस्कार ३ जनालाई जनही नगत ११ हजार ७९ रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्