कृषकलाई व्यास नगरपालिकाले मकैको बिउ वितरण गर्दै

दमौली न्युज
  • ख-
  • ख+

दमौली :  कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातका मकैको बीउ व्यास नगरपालिका कार्यालयले वितरण गर्न लागेको छ । व्यासका १४ वटै वडाका कृषकले ७ मेट्रिक टन मकैको बीउ माग गरे पछि बितरण गर्न लागेको नगरपालिकाले जनाएको छ ।

 

कृषकलाई अरुण–२,रामपुर कम्पोजिट,मनकामना–३ लगायतका उन्नत जातका मकैको बीउ बितरण गरिने व्यास कृषि शाखाकी कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिइन् । उन्नत जातका मकैको बीउ प्रतिकिलोग्राम एक सय भन्दा बढी पर्ने छ, उनका अनुसार ‘बीउको लागि कोटेशन माग गरिएको छ , कोटेशन प्राप्त भए पछि खरीद गरी बितरण गरिने छ ।

 

कृषकलाई व्यवसायी खेतीमा उत्साहित गराउन र आत्मनिर्भर बनाउने उद्वेश्यले बीउमा अनुदान कार्यक्रमलाई प्राथामिकता दिदै आएको पनि उनले बताईन् । अनुदानमा बीउ दिन थालेपछि व्यवसायिक खेतीतर्फ कृषकहरु उन्मुख भएकोले अनुदान कार्यक्रम प्रभावकारी बनेको उनले जानकारी दिइन् ।

 

व्यास नगरपालिकाले यसअघि चौध वटै वडामा बाइस मेट्रिक टन आलुको बीउ बितरण गरेको जनाएको छ । आलुको बीउ बितरण पश्चात अनुगमनमा जाँदा आलु खेती राम्रो देखिएकोले उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ । त्यसैगरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीका घार पनि प्रदान गर्ने योजना बनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्