
दमौलीः दमौलीका मेडिकल र क्लिनिकमा म्याद नाघेका औषधी भेटिएको छ । प्रदेशस्तरीय जिल्ला अनुगमन टोलीले व्यास ३ का विभिन्न औषधी पसलमा गरिएको अनुगमनका क्रममा म्याद नाघेका औषधी पनि राखिएको पाइएको टोलीका संयोजक एवं घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।
‘म्याद नाघेका ६ हजार रुपैयाँ बराबरका औषधी नष्ट गरियो,’ उनले भने । टोलीले म्याद नाघेका औषधी नराख्न पनि चेतावनी दिएको छ ।
चाडपर्व नजिकिंदै गर्दा अनुगमन बढाइएको छ । टोलीले व्यास ३ का होटल तथा रेष्टुरेन्टमा पनि अनुगमन गरेको थियो ।
होटल तथा रेष्टुरेन्ट दर्ता नभई सञ्चालनमा आएको अनुगमनको क्रममा भेटिएको थियो । ती पसलहरु कानुन बमोजीम दर्ता गर्नका लागि एक साताको समय दिइएको टोलीले जनाएको छ ।