उपचार गर्ने पैसा नहुँदा अस्ताए मंगल

  • ख-
  • ख+


आँबुखैरेनीः दुबै मृगौला फेल भएपछि मंगल ढकाल दुई वर्षदेखि डायलसिसको सहारामा बाँचिरहेका थिए । आँबुखैरेनीका ६२ वर्षिय उनी बिहिबार संसारबाटै अस्ताएका छन् ।
डायलसिसमा धेरै खर्च भए पछि उनको उपचारका लागि आफन्त र सुभेच्छुकले सहयोग गरिरहेका थिए ।

पछिल्लो समय अचेत बनेका उनको उपचारका लागि काठमाडौं लगिएको थियो । आर्थिक अवस्था बलियो नभएकाले सुभेच्छुकले डायलसिसका लागि सघाइरहेका उनी बोल्नै छाडेर अचेत बने पछि स्थानीय सुरेन्द्र श्रेष्ठले एम्बुलेन्स तथा ढकालटारका प्रशन्न अधिकारीले पाँच हजार सहयोग गरेका थिए ।

तर जोहो गर्दा गर्दै ढिलो भैसकेको थियो । उपचारको खोजीमा रहेका मंगलले आर्थिक अभावकै कारण मृत्युवरण गर्न पुगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी