जेलबाट छुटे पल शाह, तनहुँ कारागार अगाडी उनका समर्थकहरुको नारावाजी

दमौली न्युज
  • ख-
  • ख+

दमौली :  नाबालिका बलात्कारको आरोप लागेर तनहुँ कारागारामा जेल जिवन विताई रहेका पल शाह सोमबार जेलमुक्त भएका छन् । नाबालिगा बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो ।

 

तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । तनहुँ कारागारबाट पश शाह आज (सोमबार) रिहा हुने भन्ने थाहा पाए पछी जिल्ला कारागार अगाडी भीड लागेको थियो ।

 

उनका समर्थकहरुले कारागारको गेटमा नाराबाजी गर्न थाले पछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाए सगै अभिनेता पल शाह थुनामुक्त भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्