दुलेगौँडा : शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघ तनहुँको आयोजनामा शुक्लागण्डकी महोत्सव हुने भएको छ ।
आर्थिक,सामाजिक,खेलकुदको विकास,कृषि तथा पर्यटन प्रबद्र्धन, शुक्लागण्डकी महोत्सव कला,सीप र संस्कृतिको संरक्षण भन्ने मूल नाराका साथ शनिबार उपसमिति भेला तथा पत्रकार सम्मेलन गरी आयोजक समितिले सो कुराको जानकारी गराएका हुन् ।
यही फागुन १८ देखि २९ गते सम्म महोत्सवको आयोजना गरेको महोत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठले जानकारी दिए । पर्यटन प्रवद्धन गर्ने मूख्य उद्धेश्यले महोत्सवको आयोजना गर्नुका साथै महोत्सवमा कृषिजन्य उत्पादित बस्तु,घरेलुसा माग्री,स्थानीयस्तरमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन,विभिन्न प्रतियोगिता,जातजातिका भेषभूषा तथा बाजागाजा प्रर्दशन एवं संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको श्रेष्ठले बताए ।
महोत्सवमा स्थानीयस्तरका कलाकारलाई प्राथामिकता दिदै राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने पनि उनले जानकारी दिए।
प्रचार प्रसार समितिका संयोजक हरि थापाले सास्कृतिक झाँकी पर्दशनी, दगाम भुजिकोट अवलोकन, मिलेनियम ट्रेकको व्यवस्था, धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन, रक गार्डेने, नृत्य प्रतियोगिता, लोक गायन प्रतियोगिता, सास्कृतिक कार्यक्रमहरु, भलिबल प्रतियोगिता, लगायतको आर्कषण रहेको जानकारी दिए ।
संघको भवन हालसम्म नभएकोले महोत्सवमा गरिएको मुनाफाले केही खर्च गरी अन्य रकम सामाजिक क्रियाकलापमा खर्च गर्ने योजना रहेको संघका अध्यक्ष एवं महोत्सव मुल संयोजक बिमलप्रसाद रिमालले जानकारी दिए ।
महोत्सवमा जिल्लाकै सर्वाधिक राशीको पालिकास्तरीय भलिबल प्रतियोगिता हुने पनि आयोजक समितिले जनाएको छ । महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
महोत्सव सफल बनाउन निर्णयक समिति १७,उपसमिति ४०,सल्लाहकार समिति ४७ र संरक्षक २ वटा समिति गठन गरिएको संरक्षक एवं संघका
संस्थापक अध्यक्ष बसन्त ज्वारचनले जानकारी दिए ।
उक्त कार्यक्रमको संचालन संघका महासचिव उपेन्द्र तिमिल्सिनाले गरेका थिए ।











