रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्‍ने निश्चित

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दल लगायतका शिर्ष नेताहरुको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने अनौपचारिक निर्णय गरेको हो।

 

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पौडेललाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने बताए। उनले आज साँझ ५ बजे बस्ने बैठकले राष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने बताए।

 

राष्ट्रपति रामचन्द्र पौडेलको नाममा सहमति भएको हो? भन्ने प्रश्नमा उनले भने, ‘पक्कै पनि त्यही हो।’ स्रोत: थाहा खवर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्