घिरिङ पर्बतिय खुल्ला दौडमा नरेन्द्र सिं रावत प्रथम

दमौली न्युज
  • ख-
  • ख+

घिरिङ : घिरिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा शनिवार भएको १५ किलोमिटर पर्बतिय दौडमा नरेन्द्र सिं रावत प्रथम भएका छन् ।

 

प्रतियोगितामा सुवास कार्की द्वितीय, राजन मेयोङ्बा तृतीय भएका हुन् । प्रतियोगितामा प्रथमलाई रु ४० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ ।

 

त्यस्तै  सान्तवना पुरस्कार ७ जनालाई जनही नगद ३ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्