प्रथम घिरिङ पर्वतिय खुल्ला दौड प्रतियोगिता हुने

दमौली न्युज
  • ख-
  • ख+

घिरिङ :  घिरिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा प्रथम घिरिङ पर्वतिय खुल्ला दौड प्रतियोगिता हुने भएको छ । फागुन १३ गते शनिवार दौड प्रतियोगिताको आयोजना गर्न लागिएको होे ।

 

१५ किलो मिटरको खुल्ला दौडमा सहभागि विजेता प्रथमलाई ४० हजार द्वितीय हुनेलाई २०हजार र तृतीय हुनेलाई १० हजार रुपैया पुरस्कार पाउने जनाईएको छ । विशेष सहयोगीको रुपमा घिरिङ गाउपालिका रहेको छ ।

 

प्रतियोगितामा सान्त्वना पुरस्कार ७ जनालाई जनही नगत ३ हजार सहित मेडल र प्रमाण पत्र दिईने पनि आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्