पल शाहले कारागार भित्रै जन्म दिन मनाउदै , आफ्ना फ्यान देखि शुभचिन्तकहरुको शुभकामनाको ओईरो ।

दमौली न्युज
  • ख-
  • ख+

दमौली :  तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहले बुधबार ३३ औं जन्म उत्सव मनाउने भएका छन् । जेल भित्रै जन्म दिन मनाउन लागेका शाहलाई जेल प्रशासनले अनुमति दिएको छ । जन्मदिन मनाउन लागेका उनलाई भेट्न केही कलाकार तनहुँ आउने भएका हुन् ।

 

जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन् ।तनहुँ जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि पलले नवलपुर जिल्ला अदालतले बालयौन दुर्व्यवहारको मुद्दामा सुनाएको साढे दुई वर्ष जेल सजाय काटिरहेका छन् ।

 

नवलपुर अदालतको फैसला विरुद्ध पल शाह उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्