डुम्रे: तनहुँको डुम्रेमा रहेको पोखरा ज्वेलर्स सुनचाँदी पसलमा आईतबार राती आगलागी भएको छ।
रोहित विकको पसल आईतबार राती करिब १०:०० वजेको समयमा विधुत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।
आगलागी भएको खवर पाउना साथ बन्दिपुर गाउँपालिकाको बारूणयन्त्र घटनास्थलमा आईपुग्दा स्थानीय र प्रहरीको संयुक्त सहयोगमा आगो नियन्त्रणमा आएको सुनचाँदी व्यवसायी संघका कार्यसमितिका सदस्य दिपेन्द्र सुनारले बताए ।
आगलागीबाट पसल पुरै भाग जलेको छ क्षति को विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।











