सचिव स्मृति खुल्ला दौडको उपाधि गोरखाका बोगटीले जिते

दमौली न्युज
  • ख-
  • ख+

दमौली : रोटर्‍याक्टको सचिन स्मृति खुल्ला दौडको उपाधि गोरखाको सिरानचोक गाउँपालिका–३ का दिनेश सिंह बोगटीले जितेका छन ।

 

तनहुँको दमौली स्थित अनसनचौतारी देखि छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट ३० सेकेण्डमा पार गर्दै बोगटीले उपाधि जित्नसफल भएका हुन् ।

प्रतियोगितामा आँबुखैरेनी गाउँपालिका–१ सत्रसयका सनम गुरुङ द्वितीय, ललितपुर महानगरपालिका–४ का विकेश घिमिरे तृतीय भएका छन ।

 

त्यसै गरी भानु १२ बयापानिका अनिल मझकोटी सान्त्वना भएका छन् । उनीहरुले क्रमशः उक्त दूरी ३० मिनेट १० सेकेण्ड, ३० मिनेट ५२ सेकेण्ड र ३२ मिनेट २० सेकेण्डमा पार गरेका हुन् ।

 

त्यसै गरी महिलातर्फ ३८ मिनेट २० सेकेन्डमा उक्त दूरी पार गर्दै व्यास ५ पाटनकी सुस्मिता रानाभाट र ५९ मिनेट ५८ सेकेण्डमा उक्त दूरी पार गर्दै व्यास १ खकौलीका १२ वर्षीय बाल धावक कृतिक घर्ति सान्त्वना भएको प्रतियोगिताका संयोजक उमेश पौडेलले जानकारी दिए । प्रतियोगितामा ८८ जना धावकको सहभागिता रहेको थियो ।

 

प्रतियोगितामा प्रथमलाई रु १४ हजार, द्वितीय हुनेलाई रु १२ हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सान्तवना, महिला प्रथम र बाल धावकलाई जनही २ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

 

दमौलीको अनसन चौतारीबाट शुरु भएको दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर टुङ्गिएको थियो ।

 

भारतको कोलकातामा रोटर्याक्टको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लवका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्