बन्दिपुर : जिल्लाको बन्दिपुर गा.पा.३ सेराटार मा छोरा बुहारी मिलेर आफ्नै आमाको हत्या गरेका छन । ८४ की माया सर्किनी लाई ४७ वर्षिय उनका राज कुमार सार्कि र ३५ वर्षिय बुहारी सुशिला मजाकोटीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुका प्रवक्ता मोहन बहादुर खाँण ले जानकारी दिए ।
सोमबार बिहान मायाको अनुहार समेतको भागमा घाउँचोट लागी मृत अवस्थामा रहेको र गाई गोठमा आगो लगाई गोठ पुर्ण रुपमा जली नष्ट भई गाई समेत जलेर मृत अबस्थामा फेला परेको प्रहरी ले जनाएको छ ।
तनहुँ प्रहरी प्रमुख अबदेश बिष्ट क्षेत्री को नेतृत्व मा खटेको प्रहरी ले अनुसन्धान गर्दा छोरा बुहारी मिलेर हत्या गरेको खुलेको हो । उनिहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ ।











