२० औं सचिन स्मृति खुल्ला दौड प्रतियोगिता हुने

दमौली न्युज
  • ख-
  • ख+

दमौली :  रोटर्याक्ट क्लब अफ दमौलीले २० औं सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । स्व.सचिन कुमार श्रेष्ठको स्मृतिमा विगत १७ बर्षदेखि क्लबले यो खुल्ला दौड प्रतियोगिता गर्दै आएको छ ।

 

फागुन ०७ गते आईतवार २० औ स्व. रो.सचिन स्मृति दिवसको अवसर पारेर खुल्ला दौड प्रतियोगिता आयोजना गर्न लागिएको होे ।

 

दमौलीको अनसन चौतारीबाट सुरु हुने ९ किलो मिटरको दौड सफासडक पृथ्वी राजमार्ग, गल्बुवेशी, भादगाँउ हुदै छाव्दी बाराही मन्दिर पुगेर टुङ्गिने छ ।

 

प्रतियोगिताका प्रथमलाई रु १४ हजार , द्वितीय हुनेलाई रु १२ हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक उमेश पौडेलले जानकारी दिए ।

 

२०६९ साल चैत्र २६ गते भारतक कोलकत्तामा रोटरीको कन्फ्रेन्समा भाग लिन जाने क्रममा बस दुर्घटना भइ निधन भएका तत्कालिन सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा सन् २००३ देखि खुल्ला दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्