दमौली : तनहुँको व्यास नगरपालिका-११ को निर्वु सामुदायिक वनमा मानव कंकाल फेला परेको छ । शनिबार बिहान बेवारिसे अवस्थामा मानव कंकाल फेला परेको हो।
मानव कंकाल फेला परेको सुचना पाउना साथ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वको घटनास्थल पुगेको थियो ।
प्रहरी उपरीक्षक विष्ट क्षेत्रीका अनुसार घटनास्थलको अध्ययन अनुसन्धान गरेको र मृतकको नामथर, वतन र लिङ्ग पहिचान हुन नसकेको बताइएको छ ।
अनुसन्धानमा खटिएको टोलीले घटनास्थल सुरक्षित गरी घटनास्थलमा देखिए अनुसारको विवरण शव जाँच मुचुल्का गरी कंकाल पोष्ट मार्टमका लागि दमौली अस्पतालको शव गृहमा राखिएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।











