क्याम्पस प्रमुखमा पुनः हड्खले नियुक्ति

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस प्रमुखमा महाप्रसाद हड्खले पुनः नियुक्त भएका छन् ।

 

क्याम्पस व्यवस्थापन समितिको बैठकले हड्खलेलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो । संचालक समितिले नियुक्ति गरे संगै हड्खलेको यो दोस्रो कार्यकाल हो ।

उनको क्याम्पस प्रमुखमा समयावधि साउन महिनामा नै सकिएको थियो । थप ६ महिनाको लागि संचालन समितिले हड्खलेलाई जिम्मेवारी समाल्ने अनुमति दिएको थियो ।

 

क्याम्पस प्रमुखको लागि निवर्तमान क्याम्पस प्रमुख महाप्रसाद हड्खले र पुर्व सहायक क्याम्पस प्रमुख आत्माराम वास्तोलाको दरखास्त परेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्