वन्दिपुर : तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा स्थित कुमालटारी चेतप्रसाद तिवारीको बाख्रा फार्ममा आगलागी भएको छ । बिहीबार दिउँसो अचानक बिद्युत सर्ट भई आगलागी भएको जनाईएको छ ।
आगलागीबाट एक सय भारी पसलको टौवा,एक सय कुखुरा र बाख्राको खोर जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
घट्नाको जानकारी पाएलगत्तै नेपाल प्रहरी,शसस्त्र प्रहरी,र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । फार्ममा रहेका ९० वटा बाख्रा सकुशल उद्वार गरिएको उनले बताए ।











