व्यास नगरपालिका वडा नं –४ स्थित सिमलटारमा रहेको रामज्योति बोर्डिङ स्कुलको आयोजनामा ७ ए साइड अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गदै व्यास –१३ स्थित वेलवासको खेलमैदानमा भोलि देखि प्रतियोगिता सञ्चालन गर्न लागिएको विद्यालय संचालन समितिकी अध्यक्ष वसुन्धरा घर्तीले जानकारी दिइन्।
प्रतियोगितामा विजेताले नगद १५ हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याचलाई मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्रिन्सिपल बिपिन गौलीले जानकारी दिए ।
विद्यालयका अनुसार प्रतियोगिताका लागि टिम दर्ता शुल्क २५ सय रुपैयाँ राखिएको छ । प्रतियोगितामा व्यास नगरपालिका भित्रका १३ टिम सहभागी रहेको जनाएको छ । प्रतियोगितामा सहभागी हुनका लागि २०६५ साल मा जन्मेको र कक्षा ८ मा पढेको हुनुपर्नेछ ।











