दमौली : सामाजिक विकास कार्यालय तनहुँ र सहृदयी मन्च तनहुँ नेपालको संयुक्त आयोजनामा अपांगता परिचय पत्र वर्गीरण सम्बन्धी स्थानिय तहहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला न्यायाधिश कोमल राज आचार्य र राष्ट्रिय अपांग महासंघ महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले सहजिकरण गर्नु भएको अन्तरक्रिया कार्यक्रममा तनहुँ जिल्ला भरी नै एकै प्रकारको अपांगता परिचय पत्र लागू गर्ने विषयमा सबै स्थानिय तहहरु सहमत रहेका छन् ।
तनहुँ जिल्लामा रहेका १० वटै पालिकाका उप प्रमुख तथा उपाध्यक्षहरु, सामाजिक विकास शाखाका प्रमुखहरु, स्थानिय अपांगता समन्वय समितिका सदस्यहरु, तनहुँ जिल्लामा रहेका अपांगताको क्षेत्रमा सक्रिय संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालय तनहुँका कार्यालय प्रमुख विक्रम सुवेदीले गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्य माथि प्रकाश सहृदयी मन्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदी र सञ्चालन सामाजिक विकास कार्यालय तनहुँका अधिकृत दधिराज पौडेलले गर्नु भएको थियो ।











