सिटिइभिटी गण्डकी प्रदेशका शैक्षिक संस्थाहरू बारे जानकारी

संजय श्रेष्ठ
  • ख-
  • ख+

संजय श्रेष्ठ

देशको आर्थिक विकास समृद्धिका लागि प्राविधिक शिक्षालाई आधार मानिन्छ । प्राविधिक शिक्षा मार्फत नयाँ युवाहरुलाई सीप सिकाउने र उद्यमशीलताको विकास गर्दै रोजगारी तथा स्वरोजगारको अभियानमा जोड्न सिटिइभिटी लागि परेको सिटीभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोद भत्त आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार गण्डकी प्रदेश भित्र १२ वटा आङ्गिक शिक्षालय, महानगर तथा प्रतिष्ठानसँग सहकार्यमा ६ वटा र सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) र 28 भन्दामाथि निजी विद्यालयहरुमा प्राविधिक धारका पठनपाठन भइरहेको छ । सिटिइभिटीले विशेषगरी कृषि, पशुपालन हस्पिटालिटि, इञ्जिनेरिङ र स्वास्थ्य गरी ४ विधामा कार्यक्रमहरु संचालन गर्दै आएको आचार्यले जानकारी दिनुभयो ।

 

 

एसईई पास गरेका विद्यार्थीहरूले प्री डिप्लोमा (१८ महिने) र डिप्लोमा (३ वर्षे) गरी दुई कार्यक्रममा अध्यन्न गर्न पाउँछन् । गण्डकी प्रदेश भरमा करिब ५४०० विद्यार्थीहरुले पढ्न पाउने छन् जसमा यस शैक्षिकसत्रमा भने ४ हजार विद्यार्थीहरु भर्ना भएको उहाँले जानकारी दिनुभयो। हेल्थ सेक्टरमा सबैभन्दा बढी त्यसैगरी कृषि, इन्जिनियरिङ र हस्पिटालिटि क्षेत्रमा विद्यार्थी भर्नाको चाप रहेको छ उहाँले भन्नुभयाे । सीप सिकेर रोजगारीमा जोडिने वा आफै उद्यमी बन्न पढाईकै क्रममा कार्यगत अभ्यासमा जोड्ने तथा प्रयोगात्मक अभ्यास सिटीभिटीले गराउँदै आएको छ । राष्ट्रिय स्तरको तथ्यांकलाई हेर्दा सिटिइभिटी मार्फत पढाइ पूरा गरेका ५८% उत्पादित जनशक्तिले स्वदेश तथा विदेशी श्रम बजारमा काम गरी रहेको तथ्यांकमा पाइएको आचार्यले जानकारी दिनुभयो । सिटिइभिटीले स्वदेश तथा विदेशको श्रम बजारले मागे अनुरूपको सीपयुक्त कार्यक्रमहरु ल्याई धेरैभन्दा धेरै युवाहरुलाई रोजगारसँग जोड्न लागिपरेको छ उहाँले भन्नुभयो । बजारले मागेअनुसारका सीपयुक्त जनशक्ति उत्पादनका लागि तिनै तहका सरकार, तालिम प्रदायक संस्थानहरूको महत्वपूर्ण भूमिका रहेको छ आचार्य भन्नुहुन्छ । पछिल्लो समयमा प्राविधिक शिक्षाको महत्व र आवश्यकतालाई बुझेर प्रदेशका विभिन्न स्थानीय तहहरुले बिकास सम्बन्धी तालिम र प्राविधिक शिक्षाका कार्यक्रमहरु माग गर्ने क्रम बढेको बताउनु भयो ।आचार्यले सम्बन्धित सरोकारवाला, रोजगार प्रदायक संस्थानहरु, तालिम प्रदायक संस्थाहरु र तीनै तहका सरकारलाई साझा रुपमा समन्वय गरी कार्यक्रम सञ्चालन अभियानमा सघाउन र हातेमालो गरिदिनुहुन समेत आग्रह गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी