नेपाली कांग्रेस ऋषिङ्गले सहिद दिवस मनायो

  • ख-
  • ख+

ऋषिङ्ग : ऋषिङ्ग-७ चन्दनेमा निर्मित सहिद पार्कमा शहिदहरुको स्मरण गर्दै नेपाली कांग्रेस ऋषिङ्गले सहिद दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस तनहुँका उपसभापती राजेन्द्रकृष्ण श्रेष्ठले राजनैतिक परिबर्तनका लागि लागेका सबै दलहरुले आफ्ना मूल्य मान्यतालाई सामाजिक रुपान्तरणका लागि उपयोग गर्दै राजनैतिक परिबर्तनका लागि लागेका सबैको समान सहभागिता र सहकार्य आवश्यक भएको बताए ।


शहिदहरुले जुन तह वा दलबाट प्रतिनिधित्व गरेतापनि समाजमा असल शासन स्थापनाका निमित्त थियो त्यसैले राजनैतिक चेत भएका हरेक नागरिकका लागि एक अर्काका परिपुरकको रुपमा शहिदहरुको सपनालाई लिएर समृद्ध समाजका लागि लाग्नपर्ने प्रति नेपाली कांग्रेस तनहुँ -२(२)का सभापती ईन्द्र बहादुर आलेले ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा बोल्दै नेकपा एमाले ऋषिङ्गका नेता गंजसिं गुरुङ्गले अध्यात्मबादिहरु आत्मा मर्दैन भन्ने बिश्वास राख्दछ ।

यदि आत्मा मर्दैन भने देशको राजनैतिक अवस्था , दलहरुको सत्तालिप्सा र राजनैतिक अबिश्वास देखेर शहिदहरु रोएको हुनपर्छ उनले भने । सहभागी सबैले सहिद पार्कमा निर्मित सालिकहरुमा माला तथा पुष्प गुच्छाहरु अर्पण गरेका थिए । नेपाली कांग्रेस ऋषिङ्ग गाउँपालिकाका सभापती तिल बहादुर आलेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गा.पा. उपाध्यक्ष गिनुमाया थापा, विभिन्न वडाका वडाध्यक्षहरु, सदस्यहरू लगाएत स्थानीयहरुको सहभागिता रहेको सो कार्यक्रम नेपाली कांग्रेस ऋषिङ्गका सचिव विजय दरैले सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी