छैठौं अल्ट्रा म्याराथनको उपाधि व्यास–७ का विशाल गुरुङले हात पारे

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाले आयोजना गरेको छैठौं अल्ट्रा म्याराथनको उपाधि व्यास–७ का २७ वर्षिय विशाल गुरुङले जितेका छन् ।

शहीद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गरेको अल्ट्रा म्याराथनको उपाधि गुरुङ ले ३ घण्टा २८ मिनेट २६ सेकेन्डमा पार गर्दै उपाधि हात पार्न सफल भएका हुन् ।

त्यस्तै द्वितीय स्थान हासिल गर्न सफल व्यास –६ का साहास पन्थ रहेका छन् । उनले ३ घण्टा ३६ मिनेट ३८ सेकेन्डमा पार गरेका थिए । त्यस्तै तनहुँ आँवुखैरेनी–१का सनम गुरुङ ले उक्त दुरी ३ घण्टा ३८ मिनेट ३१ सेकेन्डमा पार गर्दै तृतीय स्थानमा आउन सफल भएका थिए ।

म्याराथनमा प्रथम, द्धितिय, तृतीय हुनेलाई क्रमशः ६१ हजार, ५१ हजार, ३८ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । सान्त्वना मा प्रमिस गुरुङ, रामबहादुर नेपाली र प्रविन थापा मगर भएका छन् । उनीहरुले जनही १२ हजार ५ सय पाएका हुन् ।

व्यास–५ को पर्यटकीय स्थल मानुङ्ग देखि व्यास–८ को पुलिमराङ्ग सम्म ४४ किमिको म्याराथन प्रतियोगिताको लागि ५७ धावक सहभागि रहेका थिए ।

मानहुँकोट सिद्ध मार्ग अलैँची,चापाघाट,अनसन चौतारी, सफासड हुदै भोर्लेटार चोक,वैरेनी ,दुम्सी,कलेस्ती , पाथ्रा, सत्रसय, वानियाँ, डिभी, बर्लाची , सोतिबेसी,विरुवा रिस्ती, बाहुनपोखरा हुदै पुलिमराङको सहिद पार्क मा पुगेर दुरी टुङ्गिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी