व्यास नगरपालिकामा भोलि सार्वजनिक बिदा

  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका कार्यालयले माघ १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । व्यास नगरपालिकाले शहीद दिवसको अवसरमा छैटौं व्यास नगरपालिका अल्ट्रा म्याराथन आयोजना गरेकाले सार्वजनिक बिदा दिने भएको हो ।

व्यास–५ को पर्यटकीय स्थल मानुङ्ग देखि व्यास–८ को पुलिमराङ्ग सम्म हुदै आएको ४४ किमिको म्याराथन दौड यस बर्ष जिल्ला स्तरीय धावकहरु मात्र सहभागि गरी संचालन गर्न लागेको नगरपालिकाले जनाएको छ ।

उक्त व्यास नगरपालिका अन्तर्गतका संम्पूर्ण कार्यालय,सामुदायिक एवं नीजि शैक्षिक संस्था,स्वास्थ्य संस्थालाई बिदा दिइएको व्यासका अधिकृत आठौं कुमार कंचन जिसीले जानकारी दिए । उनले भने अत्याबश्यक सेवा बाहेक सबै संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भए बमोजिम बिदा दिइएको हो ।

४४ किलोमिटर दौडको म्याराथनको लागि ४८ जना धावकले आवेदन दिएका छन् । आइतबार ४ दिउँसो बजेसम्म उक्त संख्यामा धावकहरुले आवेदन दिएका हुन् । सहभागि हुने धावकलाई प्रशिक्षण समेत प्रदान गरिएको व्यासका सूचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्