शिक्षक संघ व्यास नगर तनहुँकाे अध्यक्षमा ईन्द्र प्रसाद पाैडेल, सचिवमा रूपा घिमिरे बिजयी

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल शिक्षक संघ व्यास नगरपालिकाको अध्यक्षमा ईन्द्र प्रसाद पौडेल बिजयी भएका छन्।

शनिबार सम्पन्न चौथो नगर अधिवेशन बाट अत्याधिक मत सहित निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा रुपा घिमिरे निर्वाचित भएकी छिन् ।

कूल मतदाता ६ सय ६२ मध्ये, खसेको ५ सय २७ मतमा पौडेलले ३ सय ६७ मत पाएर बिजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्दी बलराम वाग्लेले १ सय ५५ मत पाएका थिए ।

त्यसै गरी सचिव पदकी उम्मेदवार रुपा घिमिरेले ३ सय ६८ मत पाएर बिजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्दी बुद्धिबहादुर बरालीले १ सय ४५ मत पाएको निर्वाचन समितिका संयोजक हरिराज काफ्लेले जानकारी दिए ।

अध्यक्ष र सचिव पदमा सहमति हुन नसक्दा निर्वाचन भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्