
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल मलेसियामा युवा पत्रकारिता अवार्डबाट सम्मानित भएका छन्।
मलेसियामा मंगलबार आयोजित एक कार्यक्रममा पत्रकार पौडेललाई क्रियाशील युवा पत्रकारिता अवार्ड २०७९ बाट सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुत डिल्लीराज पौडेलले पत्रकार पौडेललाई अवार्ड प्रदान गरेर सम्मान गरेका थिए।
केही दिन अघि सिंगापुर र मलेसिया देशको भ्रमणमा रहेका पत्रकार पौडेललाई पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरेको हो ।