
डुम्रे: सोनाम ल्होसारको अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगितामा तनहुँ सुनचाँदी व्यवसायी संघ, डुम्रे वजार ईकाई प्रथम भएको छ ।

सोनाम ल्होसारको अवसरमा सालविस्ने तामाङ समाज भानु १ ले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।
उक्त खेलमा प्रथम स्थान हासिल गर्न सफल डुम्रे ईकाईका खेलाडीहरुलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सालविस्ने तामाङ समाजका अध्यक्ष शुक्र लामाको अध्यक्षता भएको प्रतियोगितामा प्रमुख अतिथि भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठी रहेका थिए ।