मुख्य मन्त्री अधिकारीले गरे, महोत्सवको समापन

  • ख-
  • ख+

दमौली : तनहुँको दमौलीमा पौष २२ गते शुक्रबार देखि सुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव बुधबार गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले समापन गरेका छन् ।


व्यास–३ दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा सुरु भएको महोत्सव आज बुधबार सम्पन्न भएको हो। अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको अन्तिम दिन १० हजार दर्शकले महोत्सव अवलोकन गर्नुका साथै रु ८ लाखको कारोबार भएको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।


उनकाअनुसार महोत्सवको अन्तिम दिन सम्म १ लाख ५२ हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए । त्यस्तै १ करोड ५० हजारको कारोबार भएको प्रवक्ता
मगरले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी