गायक नवीन पौडेलको ए जनता लेउ खुकुरी लेउ,भष्टाचारी जतिलाई पुराइदिउँ छेउ प्रस्तुतीमा दर्शक नाचे, महोत्सवमा भोली शुक्रवारको आकर्षक पशुपति शर्मा ।

  • ख-
  • ख+

दमौली : राष्ट्रिय कलाकार नवीन पौडेलको प्रस्तुतीमा दर्शकले भरीपूर्ण मनोरञ्जन मात्र लिएनन् गायक पौडेल संग छमछमी पनि नाचे । जव गायक पौडेलले ए जनता लेउ खुकुरी लेउ,भष्टाचारी जतिलाई पुराइदिउँ छेउ मात्र के भनेका थिए तालिको बर्षा आयो ।

पाँचौं आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा आज बिहिबार चर्चित गायक नवीन पौडेलको प्रस्तुतीमा मात्र होइन गायिका ज्योति लोहनी र गायक शंकर पन्त लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिमा पनि त्यस्तै दर्शकहरु नाचेका थिए ।

दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति महोत्सवको सातौं दिन ८ हजार दर्शकले महोत्सवको अवलोकन गर्नुका साथै पाँच लाख रुपैयाँ बराबरको आर्थिक कारोवार भएको महोत्सवका प्रवक्ता नन्दु थापामगरले जानकारी दिए।

महोत्सवको आठौं दिन भोलि शुक्रबारको आकर्षक गायक पशुपति शर्मा, गायक किरण भुजेल र गायिका मन्जु विक लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । दमौली को विपिवनवाटीकामा संञ्चालन महोत्सव माघ ३ गते सम्म लाग्ने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी